काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकले १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आज सम्पन्न भएको साधारण सभाबाट १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकको ३४औं वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभा कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको बैंकले जनाएको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार नै सार्वजानिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. १ करोड ५८ करोड नाफा कमाएको छ । वितरणयोग्य नाफा रू. ४९ करोड ३८ लाख रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब २४ करोड ८९ लाख रहेको छ ।
प्रतिक्रिया