काठमाडौं- नेपाल धितो पत्र बोर्ड (सेबोन) मा विभिन्न ५ वटा बैंक ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । सेबोनले माघ ५ गते सार्वजनिक गरेका तथ्यांकअनुसार ५ वटा बैकको १४ अर्ब ७० करोड रुपैंया बराबरको ऋणपत्र स्वीकृतिको लागि बोर्डमा निवेदन पेश गरेका हुन् ।
ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका ५ बैंक मध्ये नेपाल बैंक लिमिटेडले १० वर्षका लागि ३ अर्ब ५० करोड रुपैंया बराबरको ८.५ प्रतिशत ब्याजदरसहित पुस १९ गते सेबोनमा निवेदन पेश गरेको छ । बैंकले सर्वसाधारणका लागि १ अर्ब ४० करोड रुपैंया बराबरको १ करोड ४० लाख कित्ता शेयर र व्यक्तिगत तर्फमा २ अर्ब १० करोड रुपैंया बराबरको २ करोड १० लाख कित्ता शेयर बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेसमेन्ट बैकिङबाट गर्नेछ ।
त्यस्तै, ग्लोबल आइएमी बैंक लिमिटेडले ३ अर्ब रुपैया बराबरको ऋणपत्र स्वीकृतिको लागि भदौ २९ मा सेबोनमा निवेदन पेश गरेको छ । बैंकले १० वर्षका लागि ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र स्वीकृतिको माग गरेको हो । बैकले सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैया बराबरको १ करोड २० लाख कित्ता र व्यक्तिगत तर्फका लागि १ अर्ब ८० करोड रुपैंया बराबरको १ करोड ८० लाख कित्ता शेयर बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट लि.बाट हुनेछ ।
राष्ट्रिय वाणिज्य बैक लिमिटेडले ६ वर्ष अवधिको लागि २ अर्ब ५० करोड रूपैयाँ बराबरको ८.५ प्रतिशत ब्याजदरमा निष्कासन गर्नका लागि गत पुस १२ गते सेबोनमा निवेदन पेश गरेको हो । बैंकले सर्वसाधारणका लागि १ अर्ब रूपैयाँ बराबरको १ करोड कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
सञ्चुरी बैंक लिमिटेडले १० वर्षका लागि ९ प्रतिशत ब्याजदरमा २ अर्ब २० करोड रुपैंया बराबरको ऋणपत्र स्वीकृतिको लागि सेबोनमा असोज २२ गते निवेदन पेश गरेको छ । बैकले स्वीकृति गर्न लागेको ऋणपत्रमा सर्वसाधारणका लागि ८८ करोड रुपैंया बराबरको ८८ लाख कित्ता शेयर र व्यक्तिगत रुपमा १ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड ३२ लाख कित्ता शेयर बिक्री गरिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमी क्यापिटल लि.ले गर्नेछ ।
एनएमबि बैंक लिमिटेडले एनएमबि उर्जा ऋणपत्र अन्तरगत ४ प्रतिशत ब्याजदर सहित १५ वर्षका लागि १ अर्ब ५० करोड रुपैंया बराबरको ऋणपत्र स्वीकृतिका लागि पुस ८ गते सेबोनमा निवेदन पेश गरेको छ । बैकले सर्वसाधारणका लागि ६० करोड रुपैंया बराबरको ६० लाख कित्ता र व्यक्तिगत रुपमा ९० करोड रुपैंया बराबरको ९० लाख कित्ता शेयर बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडबाट हुनेछ ।
साथै एनएमबि बैंक लिमिटेडले एनएमबि ऋणपत्र अन्तरगत ८ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि २ अर्ब रुपैंया बराबरको ऋणपत्र स्वीकृतिका लागि मंसिर २३ गते सेबोनमा निवेदन दिएको थियो । बैकले सर्वसाधारणका लागि ८० करोड रुपैया बराबरको ८० लाख कित्ता शेयर र व्यक्तिगत रुपमा १ अर्ब ८० करोड रुपैया बराबरको १ करोड ८० लाख कित्ता शेयर बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडबाट हुनेछ ।
प्रतिक्रिया