काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकको ३४औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश पारित गरेको छ ।
सभाले १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जसमध्ये १३ प्रतिशत बोनश शेयर तथा ५.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने बैंकले जनाएको छ ।
गत आर्थिक वषर्मा बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ थियो।
बैंकको कुल चुक्ता पूँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्बबाट वृद्धि भइ १४१ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
प्रतिक्रिया