राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २८ मा , बोनस प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले माघ २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ २८ गते बैंकको केन्द्रिय कार्यलयको सभाहलमा सभा बोलाएको हो।

कोभिड १९ को जोखिमका कारण बैंकले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। सभाको मिटिङ आइडी र पासवर्ड सम्बन्धित शेयरधनीको इमेलमा पठाइने बैंकले जनाएको छ।

साधारण सभामा बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया