काठमाडौं – सरकारले आगमी फागुन मसान्त भित्र आन्तरिक रुपमा ५६ अर्ब रुपैयाँ आन्तरीक ऋण उठाउने तयारी गरेको छ । सरकारले नेपाल राष्ट्र बैंक मार्फत सो बराबरको आन्तरीक ऋण उठाउन लागेको हो ।
यस सम्बन्धमा राष्ट्र बैंकले आज एक सुचना मार्फत कुन समयमा कसरी ऋण उठाउने भनेर तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ट्रेजरी बिल मार्फत रु. १३ अर्ब ५० करोड आन्तरीक ऋण उठाउने गरि तालिका सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले माघ १२ गते ९१ दिनका लागि ३५० करोडको ट्रेजरी बिल बिक्री गर्ने छ । यस्तै, माघ १९ गते १८२ दिनका लागि ५०० करोडको ट्रेजरी बिल बिक्री गर्ने बताइएको छ । साथै, माघ २६ गते ३६४ दिनका लागि ५०० करोडको नै ट्रेजरी बिल निष्काशन गर्ने तालिकामा उल्लेख छ । यसरी उठाइने ऋणमा व्याजदर भने बोलकबोल मार्फत नै निर्धारण गरिने राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ आन्तरीक ऋण भने विकास ऋणपत्र मार्फत उठाउने छ । राष्ट्र बैंकले फागुन भित्र नै विकास ऋणपत्र २०८३ ग, २०८४ ङ, २०८५ घ, २०८५ ङ जारी गर्दै छ । त्यसमा पनि बोलकबोल मार्फत नै व्याजदर निर्धारण गरिने छ ।
यस्तै, राष्ट्र बैंकले नागरिक बचतपत्र बाट रु. २०० करोड र बैदेशिक रोजगार बचतपत्रबाट रु. ५० करोड ऋण उठाउने योजना बनाएको छ । राष्ट्र बैंकले माघ २७ गते ९ प्रतिशत व्याज दिने गरि ५ बर्षे अवधी नागरिक बचतपत्र जारी गर्ने बताएको छ ।
यस्तै, माघ ९ गते ५ बर्षे अवधीको नै बैदेशिक रोजगार बचत पत्र निष्काशन गर्ने छ । उक्त बचतपत्रमा १० प्रतिशत व्याज दिने बताइएको छ ।
यस्तो छ राष्ट्र बैंकको तालिका
प्रतिक्रिया