काठमाडौं- तातोपानी नाका फेरी बन्द भएको छ । आजदेखि २० दिनका लागि नाका बन्द भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो ।
बाढीले क्षति पुर्याएको उक्त पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया