काठमाडौं- आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरणगर्न प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
पुस २७ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले माघ २४ गते गते शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय गैँडाकोट नवलपुरमा चौंथो साधारण सभा आह्वान गरेको छ ।
संस्थाले लाभांश प्रयोजनका लागि माघ ९ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार माघ ८ गते बिहिबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनिले मात्र लाभांश र साधारण सभामा उपस्थित जनाउन पाउनेछन् ।
लघुवित्तको सभाले आ।व। २०७६/०६६ को मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया