काठमाडौं- महिला सहयात्रा लघुवित्तले बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
माघ ७ गते सम्पन्न लघुवित्त सञ्चालक समितिको १२२ औं बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५३ प्रतिशत नगद गरि कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रब बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
हाल लघुवित्त कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख रहेको छ । प्रस्तावित १ करोड ३३ लाख १० हजार रुपैयाँ बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया