काठमाडौं – एनआईसी एसिया बैंकले नागरिक लगानी कोष (सीआईटी) सहित नेशनल लाईफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीमा भएको संस्थापक शेयर पनि बिक्री भएको छ । बैंकले यस अघि पनि उक्त कम्पनीहरुमा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको थियो । तर, बिक्रीमा ल्याएको पुरा शेयर बिक्री नभएपछि पुनः बिक्री गर्न लागेको हो । बैंकले शिलवन्दी बोलपत्र माध्यमबाट उक्त कम्पनीमा भएको शेयर बिक्री गर्न लागेको हो ।
बैंकले नागरिक लगानी कोषमा रहेको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफमा रहेको ९४ हजार ८६६ कित्ता र सुर्या लाइफमा रहेको १ लाख ८५ हजार ६९४ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त कम्पनीहरुको न्यूनतम मुल्य क्रमशः १ हजार ३८४ रुपैयाँ, ४८२ रुपैयाँ र ३६५ रुपैयाँमा तोकिएको छ ।
इच्छुक लगानीकर्ताले सोही मुल्यलाई नै आधार बनाएर बोलपत्र पेश गर्नुपर्ने छ ।
बोलपत्र पेश गर्ने मिति आजदेखि नै सुरु भएको बैंकले बताएको छ । बोलपत्र पेश गर्ने अन्तिम भने माघ १६ गतेसम्म रहेको छ । बोलपत्र एनआईसी एशिया क्यापिटलमा पेश गर्नुपर्ने छ । यस्तै, बैंकको कर्पाेरेट कार्यलय लगायतका बिभिन्न जिल्लाको शाखा कार्यलयमा पनि बोलपत्र पेश गर्न सकिने छ ।
नागरिक लगानी कोषको शेयर खरिदका लागि बैंक तथा वित्तिय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुनेछन् । अन्य कम्पनीहरुमा भने कानुन बमोजिम योग्य लगानीकहरुले सहभागी जनाउने छन ।
प्रतिक्रिया