काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा माघ ३० गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभा रजिष्र्टड कार्यालय भरतपुर, चितवनमा बिहान ११ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि माघ १६ गतेदेखि १९ गतेसम्म कम्पनीको शेयरधनी दर्ता किताब बन्द हुने हुनेछ ।
प्रतिक्रिया