काठमाडौं – एनआईसी एसिया बैंकले बिभिन्न ३ लघुवित्त वित्तिय संस्थामा आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले आज एक सुचना जारी गर्दै शिलवन्दी बोलपत्र माध्यमबाट आजदेखि नै ३ लघुवित्तमा भएको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्थामा रहेको ४ लाख ३६ हजार ३६१ कित्ता, माहुली सामुदायिक लघुवित्त वित्तिय संस्थामा रहेको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रहेको ५ लाख ९८ हजार ५९८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । बोलपत्र पेश गर्नका लागि उक्त कम्पनीहरुको न्यूनतम शेयर मुल्य क्रमशः रु. ५२३, रु.८१२ र ४६३ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सोही मुल्यलाई नै आधार बनाएर बोलपत्र पेश गर्नुपर्ने छ ।
बोलपत्र पेश गर्ने मिति आजदेखि नै सुरु भएको बैंकले बताएको छ । बोलपत्र पेश गर्ने अन्तिम भने फागुन ११ गतेसम्म रहेको छ । बोलपत्र एनआईसी एशिया क्यापिटलमा पेश गर्नुपर्ने छ । यस्तै, बैंकको कर्पाेरेट कार्यलय लगायतका बिभिन्न जिल्लाको शाखा कार्यलयमा पनि बोलपत्र पेश गर्न सकिने छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिता दिई यो सुचना प्रकाशित गरि ३५ दिनको समय दिएको हुनाले संस्थपक शेयरधनीलाई छुट्टै सुचना जारी नगरिएको बताइएको छ । त्यो अनुसार यस बोलपत्र आह्वानमा विद्यमान संस्थापक शेयरधनी तथा कानुन बमोजिम अन्य योग्य लगानीकर्ताहरु पनि सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया