काठमाडौं- मुक्तिनाथ विकास बैंकले चालु आ.व.को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आ.व.को पुस मसान्तसम्म आउँदा ६१ करोड ५५ लाख ७८ हजार रुपैया बराबरको खुद नाफा कमाएको छ ।
बैंकको खुद नाफा गत आ.व.को सोहीअवधिको तुलनामा ३०.२८ प्रतिशतले बढेको हो । गत आ.व.को पुस मसान्तसम्म बैंकले ४७ करोड २५ लाख बराबरको खुद नाफा कमाएको थियो ।
बैकको चुँक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ। यही आम्दानीले बैंकको खुद नाफा वृद्धिदर बढाउन टेवा पुर्याएको हो।
समिक्षा अवधिमा बैंकको निक्षेप ७४ अर्ब ८७ करोड २२ लाख रुपैैंया रहेको छ । बैंकको निक्षेप गत आ.व.को तुलना ३०.६४ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिभर बैंकको निक्षेप ५७ अर्ब ३१ करोड ८ लाख रुपैया बराबर रहेको थियो ।
यस्तै बैंकले समिक्षा अवधिभर ग्राहकहरुलाई ५८ अर्ब २७ करोड ४० लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ भने बैंक तथा वित्तिय संस्थाहरुलाई ४ अर्ब ३९ करोड ६५ लाख रुपैंया बराबरका कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया