चालु आ.व.को  दोस्रो त्रैमाससम्म कति नाफा कमायो सिटिजन्स बैंकले ?

५ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंक लिमिटेडको चालु आ.व.को दोस्रो त्रैमाससम्म ८७ करोड ५१ लाख १९ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ ।

बैकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यो खुद नाफा २७.२६ प्रतिशत बढी हो । बैकले गत आ.व.को सोही अवधिसम्म ६८ करोड ९९ लाख रुपैंया बराबरको खुल नाफा कमाएको थियो ।  

बैैंकको कुल ब्याज आम्दानी गत आ.व.को तुलना १२.३९ प्रतिशतले बढेको छ । गत आ.व.को पुस मसान्तसम्म १ अर्ब ४३ करोड ७९ लाख बराबरको आम्दानी गरेको बैकले यो वर्षको सोही अवधिसम्म आउँदा १ अर्ब ६१ करोड ६१ लाख रुपैंया बराबरको आम्दानी गरेको छ । 

बैंकले १९ करोड ६७ लाख रुपैयाँ नेट ट्रेडिङ्ग इन्कम, ११ करोड ३२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी र १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा क्रमशः १७ करोड ८१ लाख, ८ करोड ६३ लाख, ८ करोड ६८ लाख र २० करोड ६१ लाख रुपैयाँले बढी हो।

बैकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ७० लाख रहेको छ । बैैकको प्रतिशेयर आम्दानी रु १७.८३ रहेको छ भने मुल्य आम्दानी अनुपात १६.५५ रहेको छ । प्रतिशेयर कुल सम्पति मुल्य रु १३०६.९० रहेको छ । बैंकको आधारदर १०.३५ प्रतिशतबाट घटेर ८.२५ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.५८ प्रतिशतबाट घटेर ४.०८ प्रतिशतमा सीमित भएको छ।

बैकको निक्षेप १८.८५ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब १७ करोड ८५ लाख रुपैया बराबर पुगेको छ । बैकले ग्राहकलाई ८७ अर्ब  ८७ करोड ५८ लाख ५३ हजार बराबरको कर्जा प्रवाह गरेको छ भने बैंक वित्तिय संस्थालाई  २ अर्ब १७ करोड १८ लाख बराबरको कर्जा प्रवाह गरेको देखिन्छ ।
 
समिक्षा अवधिभर बैकको खराब कर्जा २.४२ प्रतिशत रहेको छ । जुन गत आ.व.को सोहीसम्म ०.९९ प्रतिशत रहेको थियो । 

बैंकको खुद ब्याज आम्दानी, फि कमिशन, नेट ट्रेडिङ्ग इन्कम र अन्य सञ्चालन आम्दानी सबैमा आएको वृद्धिले बैंकको खुद नाफामा उत्कष्ट सुधार भएको हो । मर्जर प्राप्तीको क्रममा बैंकले साना विकास बैंकलाई समेत आफुमा विलिन गराएका कारण बैंकको नाफामा सुधार आएको हो । बैंकको कुशल व्यवस्थापन र नियन्त्रित खर्चप्रणालीले नाफा बढाउन सहयोग गरेका छन् । हाल बैंकसंग खुल नाफामध्ये ८४ करोड ८० लाख ४२ हजार रुपैंया बराबरको वितरण योग्य नाफा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया