काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आथिक बषको दोस्रो त्रैमासमा रु. २ अर्ब २६ करोड ६५ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सावजनिक गरेको चालु आवको पुस मसान्त सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा बैंकले रु. २ अर्ब ३८ करोड ८ लाख खुद नाफा कमाएको थियो । बैंकले चालु आवको दोस्रो त्रैमासमा मात्र रु. १ अर्ब ३७ करोड ५४ लाख खुद नाफा कमाएको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ मात्र रहेको छ ।
समिक्षा अवधीसम्म बैंकले ग्राहकबाट १ खर्ब ६६ अर्ब ३५ अब ६७ लाख निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले यस अवधीसम्म १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरि बैंक तथा वित्तिय संस्थाहरुलाई ४ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट समिक्षा अवधीमा रु. ७ अर्ब २९ करोड ७९ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. १२ अर्ब १५ करोड ३७ लाख जम्मा गरेको छ ।
यस्तै, बैंकको खराव कर्जा भने घटेको छ । गत आवको समिक्षा अवधीमा बैंकमा २.९० प्रतिशत खराव कर्जा थियो । तर, अहिले त्यो २.७५ प्रतिशतमा झरेको छ ।
वित्तिय विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी १९.७१ रुपैयाँ रहेको छ । पीइ रेसियो भने २४.६१ रहेको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया