काठमाडौं- यूनाइटेड इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६औं सभा आज सम्पन्न भएको हो ।
सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको छ । साथै बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित भएको छ ।
सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ ।
प्रतिक्रिया