एन आई सी एशिया लघुवित्त  वित्तिय संस्थाले हस्तान्तरण गर्यो बिमा रकम

५ बर्ष अगाडि

काठमाडौं - कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ ।

संस्थाले ज्योति लाईफ ईन्स्योरेन्स सँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दु्र्घटना बीमा गर्दै आईरहेको छ । संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको  श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त वित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लद्युवित्त वित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट सल्यान,रसुवा, सिन्धुपालचोक जस्ता बैंक तथा अ संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया