राष्ट्रबैंकमा जागिर खान चाहने ५ सय २९ जनाको आवेदन अस्विकृत, १३ गतेसम्म कागजात पेश गर्न पाइने

५ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैकमा विभिन्न पदमा जागिर खान चाहने ५ सय २९ जना आवेदकको आवेदन अस्विकृत भएको छ । 

राष्ट्र बैंकले गत पुस ३ गते विभिन्न ५ पदका लागि आह्वान गरेको आवेदन अनुसार आनलाइन फारम भरेका ५ सय २९ जना आवेदकको आवेदन अस्विकृत भएको हो । 

बैकले सहायक निर्देशक पदमा ३१ जना, सहायक निर्देशक (लेखापरीक्षण) पदमा ५ जना, सहायक निर्देशक (वाणिज्य कानुन)मा २ जना, सहायक द्धितीय पदमा १० र सहायक द्धितीय (कानुन) पदमा २ जना खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो ।  

आवेदन दिएकामध्ये सहायक निर्देशक पदमा फारम भरेका  १सय ८ जना, सहायक निर्देशक (लेखापरीक्षण) पदमा ३३ जना,  सहायक निर्देशक (वाणिज्य कानुन) पदमा २५ जना, सहायक द्धितीय पदमा २ सय ७७ जना , सहायक द्धितीय (कानुन) पदमा ८४ जना आवेदकको फारम अस्वीकृत भएको हो । 

गत पुस ३ गतेमा  प्रकाशित सुचनामा पेश भएका दरखास्त फारामहरुको कागजात पुरा नभएकाले आगामी माघ १३ गते भित्र पेश गर्न सकिने कुरा राष्ट्र बैकले जानकारी गराएको छ ।
 
साथै, फाराममा उल्लेखित समयभित्र कागजात पेश नभएमा स्वत अस्वीकृत हुने छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया