काठमाडौं- नेपालमा जीवन र निर्जीवन गरी ७ लाख बढि अभिकर्ताले बीमा समितिबामट इजाजत पत्रलिएका छन् । बीमा समितिको तथ्यांकअनुसार इजाजत लिने अभिकर्ताको संख्या ७ लाख ३ हजार ८२५ रहेका छन् ।
७ लाख भन्दा बढी अभिकर्ताले इजाजतपत्र लिए पनि सक्रिय अभिकर्ताको संख्या भने न्यून रहेको छ । समितिका अनुसार सक्रिय अभिकर्ताको संख्या साढे दुई लाखको हाराहारीमा रहेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीमा एक लाख २० हजार हाराहारीको संख्यामा नयाँ अभिकर्ता थपिएका थिए ।
त्यस्तै, सो अवधिमा नविकरण भएका अभिकर्ताको संख्या एक लाख ५० हजार रहेको थियो। समितिको तथ्यांकअनुसार सक्रिय अभिकर्ताको संख्या दुई लाख ७० हजार मात्रै छ ।
अभिकर्ता पेशाको इजाजतपत्र पाएका आभिकर्ताहरुले चैत्र मसान्तसम्म आफ्नो लाइसेन्स नविकरण गर्नु पर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया