एजेन्सी- अलिबाबा कम्पनीका संस्थापक ज्याब मा युन धेरै दिनपछि मिडियामा देखिएका छन् । गत वर्ष नोभेम्बरको सुरुवातदेखि नै उनलाई सार्वजनिक रुपमा देखिएको थिएन ।
आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि उनले भिडियो लिङ्कमार्फत् ग्रामिण इलाकाका स्कूलमा काम गरिरहेका शिक्षकसँग कुराकानी गरेका छन् । अलिबाबा कम्पनी सुरु गर्नु अघि ज्याक मा अंग्रेजी भाषाका शिक्षक थिए ।
चिनियाँ सरकार समर्थित मिडिया ग्लोबल टाइम्सले यो भिडियो सोसल मिडियामा पोस्ट गरेका हुन् । ग्लोबल टाइम्सले भिडियो सेयर गर्दै लेखेको छ, ‘हालै वित्तिय नियामकले अलिबाबा कम्पनीको विषयमा अनुसन्धान सुरु गरेका थिए, तत्पश्चात् पहिलोपटक अलिबाबा मिडियामा देखिएका छन् ।’
सिएनबीसीका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपछि उनको हङ्गकङ स्टक एक्सचेन्जमा लिस्टेड उनको कम्पनीको स्टकको मूल्य पाँच प्रतिशतसमम बढेको छ ।
शंघाईमा भएको एक सम्मेलजमा उनले भनेका थिए, ‘पाँच वर्ष अघिसम्म वा तीन वर्ष अघिसम्म मैले यसको कल्पना पनि गरेको थिइनँ तर यो जादु हो जुन वास्तविकतामा परिणत हुँदैछ ।’
उनको यो बयानपछि चीनको वित्तिय नियामकले उनको कम्पनीको अनुसन्धान सुरु गरेका थिए । त्यसपछि ज्याक मा मिडियामा देखिएका थिएनन् । यस्तोमा उनी हराइरहेको हो कि भन्ने अनुमान लगाइएको थियो ।
ब्लूमबर्गका अनुसार ज्याक मा हाल कहाँ छन्, यसबारे पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया