चीनमा छात्रवृत्तिमा अध्ययन गर्नेका लागि आवदेन खुला

५ बर्ष अगाडि

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चीनमा छात्रवृत्तिमा अध्ययन गर्नेका लागि आवदेन खुला गरेको  छ।आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तहमा छात्रवृत्तिमा अध्ययनका लागि आवदेन खुला गरेको हो ।

चीन सरकारले सन् २०२१र२२ को शैक्षिक सत्रमा नेपाली विद्यार्थीका लागि स्नातकोत्तर तहको विभिन्न २० वटा विषयमा ४२ सिटमा छात्रवृत्ति दिने जनाएको छ।

आयोगलाई चीन  सरकारले छात्रवृत्तिमा उम्मेद्वार छनौट गरी सिफरिस गर्न पत्राचार गरेको थियो।

 चीनमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सफल भएको योग्यताक्रम खुल्ने प्रमाणसहितको कागजात र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको हकमा सरकारसँग गरेको कबुलियत बमोजिमको सेवा पूरा गरिसकेको प्रमाण  पेस गरी आवदेन दिन सक्ने छन्।

चीनमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले एकसाताभित्र आयोगमा आवेदन दिन सक्नेछन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया