काठमाडौं- नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुलाई लक्षित गरी नेपाल भर्चुअल कलेज फेयर आयोजना हुने भएको छ । भिजन मिडिया इनकर्पोरेसन र एडुकेसन डटकमको मुख्य आयोजनामा फेयर हुने भएको हो । उक्त आयोजना माघ ८ देखि १२ गतेसम्मका लागि रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रम केपी शर्मा ओलीका सुचना प्रविधि सल्लाहकार अस्गर अली , पठाओका क्षेत्रीय निर्देशक असिमम बस्नेत, अभिनेत्री माल्भिका सुब्बमलगायतका प्रमुख वक्ता अतिथिको रुपमा रहने एडुकेसन डटकमले जनाएको छ ।
आयोजनाले बिबिए, एमबिए, बिआइटी, बिएचम,बिटिटिएम, बिबिएस,बिएचटिएम, बिएएसडब्लु,बिबिएस, बिएस्सी, सिएसआइटीलगातका कोर्स पढ्न चाहने विद्यार्थी यो फेयरबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाएको छ ।
प्रतिक्रिया