यी हुन् अझै लाभांश घोषणा नगर्ने फाइनान्स कम्पनीहरु ?

५ बर्ष अगाडि

काठमाडौं – आर्थिक बर्ष २०७६/७७ सकिएको ६ महिना भन्दा बढी भइसकेको छ । प्रचलित व्यवस्थाअनुसार शेयर बजारमा सुचिकृत अर्थात् पब्लीक कम्पनीले आर्थिक बर्ष सकिएको ६ महिना भित्र नै लाभांश घोषणा गरेर वितरण गर्नुपर्ने हुन्छ । 
तर, शेयर बजारमा सुचीकृत फाइनान्स कम्पनीमध्ये अझै ३ कम्पनीले लाभांश घोषणा नै गरेका छैनन् । हाल शेयर बजारमा १६ फाइनान्स कम्पनी सुचिकृत छन् । तीनीहरु मध्ये रिलायन्स फाइनान्स, युनाइटेड फाइनान्स र जानकी फाइनान्सले साधारण सभा गर्न त परै जायोस, लाभांश प्रस्ताव समेत नगरेको पाइएको छ । 

फलस्वरुप उक्त कम्पनीहरुका शेयरधनी लाभांश पाउन बञ्चित भएका छन् । कोरोना भाइरसको महामारीका कारण लाभांश घोषणामा ढिलाई भएको बताइएकोछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया