पूर्व र मध्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली, अन्य क्षेत्रमा कस्तो ?

५ बर्ष अगाडि

काठमाडौँ –  बुधबार पूर्व र मध्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागका केही स्थान र तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागि रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया