काठमाडौं- नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।
मञ्जुश्री फाइनान्स कम्पनीले ऋणपत्र निष्कासन गर्नको लागि बोर्डबाट पुस २६ गते अनुमति पाएको हो ।
अनुमति पाएसँगै कम्पनीले ८ वर्ष सम्मका लागि वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याजदरमा ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये २ लाख कित्ता सर्वसाधारणको लागि र ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया