कृषि विकास बैंकले पायो ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

५ बर्ष अगाडि

काठमाडौं- नेपाल धितोपत्र बोडले कृषि विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । 

कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि ६० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले माघ ४ गते ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो । 

कम्पनीले ६० लाख कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ३६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया