भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई कोरोना खोप उपलब्ध गराउने भएको छ ।
भारतले नेपाल, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र मौरिसस लाई १० मिलियन डोज खोप कोरोना खोप उपलब्ध गराउने भएको हो ।
भारतबाट नेपालले १ करोड डोज कोरोना खोप निःशुल्क पाउने भएको छ । त्यस्तै, भुटानलाई एक करोड, बंगलादेशले भने २ करोड डोज खोप दिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको हो ।
प्रतिक्रिया