काठमाडौं- व्याज अनुदानमा प्रदान गरिने सहुलियतपुर्ण कर्जा अन्तरगत हालसम्म रु. ८६ अर्ब २९ करोड ९२ लाख कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको मंसिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
उक्त कार्यक्रम सुरु भएदेखि गत मंसिरसम्म ५२ हजार ४८ जनाले यतिका मात्रामा कर्जा लिएका हुन् ।
नेपाल राष्ट्र बैंकले व्याजदर ५ देखि ६ प्रतिशत विन्दुसम्म अनुदान दिने गरि केही बर्षदेखि यो कार्यक्रम ल्याएको थियो । बिशेषगरि महिना उद्यमशिलतामा प्रवाह गरिने कर्जामा राष्ट्र बैंकले ६ प्रतिशत विन्दु व्याज अनुदान दिन्छ । त्यसपछि बाँकी रहेको व्याज भने ऋणीले नै तिर्नुपर्ने हुन्छ । यसका अलाव अन्य शिर्षकको कर्जामा राष्ट्र बैंकले ५ प्रतिशत अनुदान दिन्छ । त्यसरी सबै बर्गको बैंक तथा वित्तिय संस्थाहरुले तोकिएको न्यूनतम सिमा पुग्ने गरि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । सोही अनुसार हालसम्म यतिका मात्रामा कर्जा प्रवाह भएको हो ।
सहुलियत पूर्ण कर्जा तर्फ सबैभन्दा कर्जा प्रवाह व्यवसायीक कृषि तथा पशुपन्छी व्यवसाय कर्जामा भएको छ । उक्त शीर्षकमा ३० हजार ८०७ जनाले रु. ६८ अर्ब ६९ करोड कर्जा भएको छ ।
तथ्यांकअनुसार त्यसपछि भने महिला उद्यमशीलतामा बढी कर्जा प्रवाह भएको छ । उक्त शीर्षकमा १९ हजार ६३५ जनाले १५ अर्ब ८९ करोड कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै,त्यसपछि कपडा उद्योगहरुमा बढी कर्जा प्रवाह भएको छ । उक्त शीर्षकमा १ सय ७१ जनाले ९२ करोड ५७ लाख बराबरको कर्जा प्रवाह भएको छ ।
यसैगरी शिक्षित युवा स्वरोजगार कर्जामा ८५ जनाले ४ करोड ५१ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जामा ४ सय ६० जनाले ३३ करोड ८१ लाख, दलित समुदाय व्यवसाय विकासमा ५ सय ६६ जनाले ३२ करोड २ लाख, उच्च र प्राविधिक तथा व्यापवसायिक शिक्षा कर्जामा ८७ जनाले २ करोड ६९ लाख, भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जामा १ सय ७१ जनाले ९२ करोड ५७ लाख कर्जा प्रवाह भएको छ ।
यस्तै,सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिम लिन सबैभन्दा कम कर्जा प्रवाह भएको छ । उक्त शीर्षकमा जम्मा १ जनाले २ लाखको कर्जा प्रवाह भएको राष्ट्र बैकको तथ्यांकमा उल्लेख रहेको छ ।
साथै राष्ट्र बैंकको तथ्यांक हेर्दा युवा स्वरोजगार कर्जामा हालसम्म कुनै कर्जा प्रवाह भएको छैन् ।
प्रतिक्रिया