काठमाडौं- सनराइज बैंकका ग्राहकहरुले सांग्रिला भिलेज रिसोर्ट, पोखराका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवा सुविधामा छुट पाउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरी, साउना र पुल सुविधाको सनराइज बैंकको के्र्रडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन् ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।
प्रतिक्रिया