बस टिकटको भुक्तानी क्यूआर कोडद्वारा गर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी अब क्यूआर कोडद्वारा  गर्न सकिनेगरी नयाँ सेवा सुरुवात गरेको छ । 

नयाँ व्यवस्थासँगै बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि ÷वालेट बाट क्यूआर कोर्ड स्क्यान गरी फोनपे नेटवर्कमार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्यूआर कोडद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध रहेको बताइएको छ । क्यूआर भुक्तानीले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले सेवा उपलब्ध हुने विस्वास लिएको बैकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया