काठमाडौं- नेपालबाट एक महिनामा १४ हजार ७५३ नेपाली विदेशिएका छन् । वैदेशिक रोजगारका लागि पुष महिनामा मात्र उक्त सङ्ख्यामा नेपाली विदेश गएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार पुष महिनामा सबभन्दा धेरै वैदेशिक रोजगारका लागि ४ हजार ७७२ नेपाली दुबाई गएका छन् । त्यस्तै ३ हजार ८८२ नेपाली कतार गएका छन् ।
साथै पुष महिनामा नै ३ हजार ७६३ जना साउदी, २९८ जना जापान २७६ जना माल्दीभ्स, २६४ जना ओमन, १३८ जना अफगानिस्तान, ११८ जना साइप्रस र १०५ जना नेपाली कुवेत वैदेशिक रोजका लागि गएका छन् ।
त्यस्तै अन्य विभिन्न देशहरूमा पनि नेपालीहरू वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।
प्रतिक्रिया