कस्तो रहला आजको मौसम ?

५ बर्ष अगाडि

काठमाडौं- हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका विभिन्न स्थानहरु प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आँशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ का  पहाडी केही भूभागका हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया