गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले आजबाट लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने

५ बर्ष अगाडि

काठमाडौं- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आजबाट नगद लाभांश शेयरधनीको बैंंक खातामा जम्मा गरिदिने भएको छ । गत पुस २८ गतेको साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको हो । 

कम्पनीको साधारणसभाले पारित गरेको ३.४ प्रतिशत नगद लाभांश  आजदेखि बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएको छ । साथै गत पुस २० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको खातामा मात्र लाभांस जम्मा गरिने छ । 

उक्त मितिपश्चात् हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई अद्यावधिक गरेपछि मात्र लाभांश खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

साथै, पुस २० गतेसम्म आफ्नो शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीहरुको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भए पश्चात मात्र बैंक खातामा लाभांश जम्मा गरिने पनि बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया