दोस्रो त्रैमासमा पनि घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

५ बर्ष अगाडि

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ६ करोड २८ लाख ८९ हजार खुद नाफा कमाएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको सोही अवधीमा लघुवित्तले रु. ६ करोड ६९ लाख ३५ हजार नाफा कमाएको थियो ।
समिक्षा अवधीमा लघुवित्तले रु. ६ अर्ब ६७ करोड ३१ लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले रु. २५ करोड ९१ लाख व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ११ करोड ६३ लाख रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी रु. ८७ करोड ६८ लाख रहेको छ । लघुवित्तले आफ्नो जगेडामा १९ करोड ९० लाख रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिसम्म पनि कम्पनीको खराव कर्जा भने शुन्य अवस्थामा रहेको छ । 
वित्तिय वित्तिय विवरणअनुसार लघुवित्तको प्रतिशेयर आम्दानी १४.३४ प्रतिशत रहेको छ । यसैगरि, मुल्य आम्दानी अनुपात ४८.४५, प्रतिशेयर नेटवर्थ १२२.७०, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ९२६.९५ र तरलता अनुपात ५.७४ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया