काष्ठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार माघ ११ गतेबाट सुरु हुने भएको छ ।
दुवै संस्था मिलि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको नामाबाट एकिकृत कारोबार हुने भएको हो । दुवै संस्थाको गएको पुस २८ गते सम्पन्न भएको साधारण सभाले एकिकृत कारोबारको प्रस्ताव पारित गरेको थियो ।
साथै प्राप्ति प्रश्चात बनेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यलय साविककै काठमाडौं महानगरपालिकाको दरवारमार्गमा रहने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया