बीमा कम्पनीले नपत्याएपछि मृतकको शब बोकेर अफिसमा पुगे आफन्त

५ बर्ष अगाडि

काठमाडौं- जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् । यो दक्षिण अफ्रिकाको घटना हो । 

गत ७ नोभेम्बरमा मृत्यु भएका ४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । 

मृत्युपछि बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगेका उनका परिवारजनलाई बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे ।

त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीको कार्यालयमा पुगे ।

बिमितले खुरुखुरु बीमा प्रिमियम चुक्ता गर्ने तर जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झट लगाउने आरोप लागिरहेको बेला बीमितका आफन्तले शव नै बोकेर आक्रोश पोखेको यो घटना नौलो हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया