काठमाडौं- स्वदेशी लघुवित्तसँग संयुक्त मर्जरको अन्तिम सम्झौतालाई एनआईसीको साधारणसभाले पारित गरेको छ । रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा सोमबार सम्पन्न तेश्रो वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने दुई जना संचालकहरुमा शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले संस्थाको आर्थिकवर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा समाप्त आ वा २०७६÷७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।
संचालक समितिका अध्यक्ष श्री कपिल ढकालको सभापतित्वमा सम्पन्न साधारणसभाले त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।
हाल १२० शाखा कार्यालयहरु र करिव ४७ हजार सदस्यहरु रहेको एनआईसीले करीव ३६ हजार जनालाई कर्जा प्रवाह गरेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको उक्त संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक लागयतका जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया