एनआईसी एशिया बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, भोली खातामा आउने

५ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस  शेयर  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बैंकको मंसिर २१ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । 

उक्त बोनस  शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । बैंकले बोनस  सेयर धितोपत्रको दोस्रो बजारमा भोली माघ ५ गते देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाउने बताएको छ ।  

एनआईसी एसीया बैंकले ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए । 

उनका अनुसार बैंकले आफ्ना २२ लाख भन्दा बढी ग्राहक रहेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया