काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले फेरी नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आजबाट शाखा सञ्चालनमा ल्याएको हो।
कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । यो बैंकको २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।
बैंकले देशभरको २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरुबाट सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया