लोक सेवाले संसोधन गर्यो धितोपत्र बोर्डको परिक्षा

५ बर्ष अगाडि

काठमाडौं- नेपाल धितोपत्र बोर्डमा जागिरका लागि सञ्चालन हुने परिक्षा केन्द्र संसोधन भएको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने बोर्डको खुल्ला तथा दलित तर्फको र खुल्ला तथा अपाङ्ग तर्फको दुई परिक्षा केन्द्र संसोधन गरेको हो ।

आयोगले प्रशासन सहायक (द्वितीय) पदका लागि फागुन ६ र ७ गते हुने खुला तथा दलित तर्फको रोल नम्बर १२०१ देखि १३२२ सम्मका परिक्षार्थीको परिक्षा केन्द्र विजय स्मारक मावि डिल्लिबजारबाट संसोधन गरी मनमोहन मेमोरियल कलेज बालाजुमा तोकेको छ ।

त्यस्तै सहायक निर्देशक (अधिकृत तृतिय) पदका लागि फागुन ८ र ९ गते हुने खुला तथा अपांग तर्फको रोल नम्बर ४०१ देखि ५१९ सम्मको परिक्षा केन्द्र पनि विजय स्मारक मावि डिल्लिबजारबाट संसोधन गरी एनसीए कलेज अफ म्यानेजमेण्ट मिनभवन तोको छ । परिक्षा हुने मिति र समय भने यथावत नै रहेको आयोगले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया