लक्ष्मी बैंकले ल्यायो बस टिकट बुकिङ्गको भुक्तानीमा क्यूआर सेवा

५ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी बैंकले बस टिकट बुकिङ्ग सेवाको भुक्तानीमा क्यूआर पेमेन्ट सेवा सुरुवात  गरेको छ । बैंकले लोहत्से बहुउदेश्यीय प्रा।लिमिटेडको सहभागितामा उक्त थप सुबिधा ल्याएको हो ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनिरवालेट बाट क्यू आर गरि फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सक्ने छन् । बस टिकटको भुक्तानी गर्न पाउने सेवा काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध रहेको बैंकले जनाएको छ । 

लक्ष्मी बैंकले यस अघि अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना-ठूला ब्यापारिक संस्थाहरुमा क्यु आर सेवा संचालन गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया