काठमाडौं- व्यतित बीमालेख नविकरण गर्दा गुराँस लाइफ इन्स्योरेन्सले ५० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखि बीमा शुल्क तिर्न बाँकी भई म्याद नाघेकाहरुलाई पुर्नजागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको हो ।
यो छुट सुविधा माघ ४ गतेदेखि माघ २८ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । साथै सन् २०२१ मा परिपक्व हुने बीमालेखहरुमा भने यो सुविधा छुट नहुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया