दुग्ध विकास संस्थानको परिक्षा केन्द्र संसोधन

५ बर्ष अगाडि

काठमाडौं- लोकसेवा आयोगले दुग्ध विकास संस्थानको परिक्षा केन्द्र संसोधन गरेको छ । 

संस्थानमा जागिर खानका लागि आवेदन दिएकामध्ये रोल नम्बर १०४ देखि ५२७ सम्मका परिक्षार्थीहरुको लागि विजय स्मारक मावि डिल्लीबजारमा हुने भनिएको परिक्षा केन्द्र संसोधन गरी एनसिए कलेज अफ मेनेजमेण्ट, मिन भवनमा तोकिएको हो । 

आयोगले २०७६ साल कार्तिक २९ गते खोलेको आवेदनको परिक्षा अहिले सञ्चालन गर्दैछ ।  आयोगका अनुसार प्रथम पत्रको परिक्षा माघ १९ गते विहान १० बजेबाट सुरु हुने छ भने द्धितीय पत्रको माघ २१ गते दिनको १ बजेबाट सुरु हुने आयोगले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया