राष्ट्रिय अनुसन्धान विभागका सहायक थापाको हत्या !

५ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापाको हत्या भएको छ ।  राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत २७ वर्षीय थापाको गत शुक्रबार  हत्या भएको हो ।
   
गत शुक्रबार बिहान १० बजे थापाको शव नेपालगन्ज उपमहानगरपालिका १८ सूर्यगाउँमा फेला परेको थियो। अनुसन्धानको क्रममा  थापाको शबको पहिचान भएको प्रहरीले बताएका छन् । 

टाउकोमा धारिलो हतियारको चोट सहित नचिनिने अबस्थामा उनको शव  घरभन्दा  अढाई किलोमिटर पर खेतमा फेला परेको थियो। पोष्टमार्टम गरी शव परिवारलाई बुझाएको  प्रहरीले बताएको छ।

हत्या हुनुको कारण खुल्न नसकेको र अनुशन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया