नेपाल बङ्गलादेश बैंकका सीईओको तलव कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल बङ्गलादेश  बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगनाले गत आवमा तलव भक्ता बापत कुल १ करोड ४१ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । 
यसका अलावा उनले बार्षिक तथा विरामी विदा, बोनस तथा उपदान, सञ्चयकोष तथा औषधी उपचार खर्च पनि पाएको प्रतिवेदनमा उल्लेख छ । 
यस्तै, बैंकले प्रवन्धक तहका कर्मचारीलाई रु. ९ करोड १५ लाख ५२ हजार तलव भत्ता दिएको छ । समग्रमा गत आवमा कुल कर्मचारी खर्च रु. १ अर्ब २ करोड ४४ लाख ६५ हजार रहेको छ । 
यस्तै, सञ्चालकहरुले बैठक भत्ता बापत १९ लाख ९७ हजार ५०० हजार बुझेको छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया