जिल्ला सहकारी सङ्घ कास्कीको अधक्ष्यमा कोइराला निर्वाचित

५ बर्ष अगाडि

काठमाडौं- सहकारीको छाता सङ्गठन जिल्ला सहकारी सङ्घ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएका छन् । 

अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए । सङ्घको ४७औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् ।

त्यसैगरी महिला प्रतिनिधिमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावल, विना लोहोनी निर्वाचित भएका छन् । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपकप्रसाद आचार्य चयन भएका छन् । 

विषयगत समितितर्फ आनन्द सुवेदी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी तथा लेखा समिति संयोजक धर्मबहादुर गुरुङ एवं सदस्यमा रमण पौडेल र विमलाकुमारी थापा निर्वाचित भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया