काठमाडौं- आजबाट सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर बिक्री खुल्ला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको हो ।
उक्त सेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।
लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा माघ १८ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री खुल्ला गर्नका पुस २१ गते अनुमति दिएको थियो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया