सनराइज क्यापिटलद्धारा साधारण सभाको आह्वान, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं- सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पौष १६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार १०औं साधारण सभा माघ १६ गते हुने भएको हो । 

सभा सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिने क्यापिटलले जनाएको छ । 

त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिने पनि बताइएको छ ।

साथै संचालक समितिबाट सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने क्यापिटलले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया