काठमाडौं – आईसीएफसी फाइनान्स कम्पनीको गत आवको नगद लाभांश शेयरधनीको खातामा आउन थालेको छ । साधारण सभाबाट गत आवको नगद लाभांश पारित भएसँगै गत पुस २९ गते देखि नै शेयरधनीको खातामा पैसा जम्मा गर्न थालेको कम्पनीको भनाइ छ ।
गत आवको मुनाफाबाट कम्पनीले ४.५० प्रतिशत नगद लाभांश दिनेछ । गत पुस २९ गते सम्पन्न साधारणसभाले त्यसलाई पारित पनि गरिसकेको छ ।
हाल डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीको मात्र पैसा जम्मा भएको बताइएको छ । पस १७ गते सम्म बैंक खाता अध्यावधिक गराएका शेयरधनीनको लाभांश बैंक खातामा जम्मा भएको हो । यस्तै, बैंक खाता अध्यावधिक नगराएका शेयरधनीले पनि बैंक खाता अध्यावधिक गरेपछि पैसा जम्मा गरिने बताइएको छ ।
प्रतिक्रिया