बैंक खातामा आयो मुक्तिनाथ विकास बैंकको नगद लाभांश

५ बर्ष अगाडि

काठमाडौं – मुक्तिनाथ विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई दिने नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले गत आवको ४.२५७४ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको जानकारी दिएको हो । 
साधारसभाबाट लाभांश पारित भएसँगै बैंकले शेयरधनीलाई त्यो दिएको हो । गत पुस २५ गते बैंकको साधारण सभा सम्पन्न भएको थियो । 
पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको बताएको छ ।त्यसपछि बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुलाई पनि लाभांश जम्मा गरिदिने बैंकले बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया