सहयोग पाए बाँच्ने आसमा कृष्ण

५ बर्ष अगाडि

काठमाडौं- दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका ५२ वर्षीय कृष्ण खत्री हप्तामा दुई पटक मिर्गौलाको डायलासीस गराउनुहुन्छ । वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षअघि (वि सं २०७३ असार) भर्ना भएर डायलासीस गराइरहनुभएका खत्रीको दुवै मिर्गौला काम नलाग्ने भएको छ । 

कमजोर आर्थिक अवस्थाका खत्री त्यतिबेला ओछ्यानमा बिरामी पर्नुभएको थियो । दिनभर घरको काम गरेर बेलुका खाना खाएपछि सन्चै सुत्नुभएका खत्री बिहान उठ्दा शरीर सुनिनुका साथै हातखट्टा नचल्ने अवस्थामा बिउँझिएका उनकी श्रीमती कुमारी खत्रीले बताए ।

बिरामी भएपछि शुरुमा करीब डेढ वर्ष आफ्नै खर्चमा डायलासीससहित सम्पूर्ण उपचार गराउनुभएका खत्रीले अहिले निःशुल्क डायलासीस गराउँदै आउनुभएको छ । औषधि, खाना तथा कोठा भाडाको रकम तीर्दै आउनुभएका खत्रीको अहिले मासिक रु ३५ हजारभन्दा बढी खर्च हुने गरेको जनाइएको छ । 

काठमाडौँको स्वयम्भूस्थित एउटा घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आउनुभएका खत्रीको श्रीमती र दुई छोरा छन् । कान्छा सुदीप नेपाली सेनामा कार्यरत छन् भने जेठा आसन गाईघाटस्थित घरखेती सम्हाल्दै आएका छन् । 

नेपाली सेनाको युद्ध कवाज गण सीता पाइला काठमाडौँमा कार्यरत सुदीपको तलब तथा साहुको ऋण काढेर कृष्णको उपचार गरिरहेको पाइएको छ । “कान्छा छोराको तलब नहुने हो त यसअघि नै मरिसक्थे होला !” बुबा कृष्णले भन्नुभयो, “दुवै मिर्गौला काम नलाग्ने भएपछि कम्तिमा एउटा फेर्नैपर्ने हुँदो रहेछ ! फेर्नका लागि आफूहरुसँग खर्च छैन । कसैले सहयोग गरे एउटा फेरेर भएपनि बाँच्ने थिएँ ।”

मिर्गौला फेर्नका लागि अहिलेसम्म आफूलाई कसैले दिने टुङ्गो नभएको पीडित खत्रीले बताउनुभयो । “मिर्गौला दिन आफन्त नै चाहिने रहेछ !”, उहाँले भन्नुभयो, “श्रीमती पनि बिरामी छिन् । उनी स्वस्थ रहेको भए दिने थिइ । छोराहरु आफैले गरिखानुप¥यो ! यदि कसैले दिने नै भएपनि फेर्दा लाग्ने खर्च छैन ।”

घरखेती गरेर जीवन निर्वाह गर्दै आउनुभएका काका कृष्णको उपचारमा अहिलेसम्म करीब रु २० लाख खर्च भइसकेको पीडित खत्रीका भतिज पत्रकार दिलीप खत्रीले बताए । “काका सैनिक परिवारको भएकाले अस्पतालले वार्षिक रु एक लाख दश हजार बराबरको औषधिमा छुट दिने गरेको छ”, उनले भने, “अहिले भाइ सुदीपको तलबले खर्च नधानेर घरखेतसमेत बिक्री गरिसकेका छन् ।”

वि सं २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यसमेत हुनुभएका कृष्ण व्यवसायका लागि उदयपुरको गाईघाट झर्नुभएको थियो । पछिल्लो समय गाईघाटस्थित त्रियुगा नगरपालिका–११ प्रगतिग्राममा बस्दै गर्दा बिरामी परेर उपचार गराइरहेका कृष्णलाई बिरामी भएपछि अहिलेसम्म पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले भेटेका छैनन् । 

आफू बिरामी भएपछि पार्टीका नेता तथा कार्यकर्तालाई पनि आफूले सम्पर्क नगरेको मिर्गौला पीडित कृष्णले जानकारी दिए । “सहयोद्धा सबैलाई सम्झनुहन्छ १”, उनले भन्नुभयो, “अहिले आफूले आस्था राखेकै पार्टी सरकारमा छ । तर, अहिलेसम्म सन्चोरबिसन्चोको बारेमा कसैले सम्पर्क गरेर सोधेका छैनन् । अहिले दुःख लागेर आउँछ ।”

तत्कालीन एमाले र नेकपा ९माओवादी केन्द्र० एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पनि त्रिनपाका नगरसमिति सदस्य रहनुभएका कृष्णकी ५२ वर्षीया श्रीमती कुमारी थाइराइडको बिरामी छन् । बुबाआमा दुवै एकैसाथ बिरामी पर्नुभएपछि दुई छोरा आसन र सुदीप समस्यामा परेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया